Tuesday, June 2, 2026
Homeमुख्य समाचारचिनियाँ राजदूत यान्छी र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

चिनियाँ राजदूत यान्छी र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

मन्त्रिपरिषद विस्तारबारे राजदूतको चासो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छी मंगलबार बिहान यादव भेट्न उनको निवास हात्तिवन पुगेकी थिइन् ।

भेटका क्रममा राजदूत यान्छीले मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइ र पछिल्लो राजनीतिक अवस्थाका बारेमा चासो राखेकी थिइन् । उनले अमेरिकी विकास परियोजन (एमसीसी) संसदबाट पारित हुने संभावनाका बारेमा समेत अध्यक्ष यादवसँग छलफल गरेको स्रोतले बताएको छ ।

जवाफमा अध्यक्ष यादवले यथाशीघ्र मन्त्रिपरिषद् विस्तार हुने राजदूत यान्छीलाई विश्वास दिलाएका थिए । चीनको वुहानबाट कोरोना भाइरस संक्रमण फैलिएको अन्र्तराष्ट्रिय संचार माध्यम र अनुसन्धान केन्द्रले दावी गरेपनि सो विषयलाई चीनले अस्वीकार गर्दै आएको छ ।

राजदूत यान्छीले चीनको वुहानबाट कोरोना भाइरस फैलिएको भन्ने यकिन नभएकाले सोबारे विश्वास नगर्न विभिन्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै आएकी छिन् ।

अध्यक्ष यादवसँग समेत राजदूत यान्छीले सो विषयमा छलफल गरेकी थिइन् । राजदूत यान्छीले आइतबार बिहान एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेकी थिइन्।

अध्यक्ष दहालसँगको भेटमा राजदूत यान्छीले वुहानबाट कोरोना फैलिएको भन्ने आरोपको निराधार भएको जानकारी गराएको स्रोतले बताएको छ ।  सोही दिन अपरान्ह यान्छीले गृहमन्त्री बालकृष्ण खाँडसँग पनि छलफल गरेकी थिइन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका