Thursday, April 30, 2026
Homeसामाचारचन्द्रागिरि केबलकार भोलि विहान ५ बजे नै खुल्ने

चन्द्रागिरि केबलकार भोलि विहान ५ बजे नै खुल्ने

भोलि शनिबार चन्द्रागिरी केबलकार विहान ५ बजेदेखि नै खुल्ने भएको छ । भारतीय योगगुरु रामदेवले चन्द्रागिरिमै योग प्रशिक्षण गराउने कार्यक्रम रहेकाले विहान ५ बजेदेखिबाट चन्द्रागिरिको केबलकार खुला गर्न लागिएको चन्द्रागिरि हिल्स कम्पनीले जनाएको छ ।

शनिबार चन्द्रागिरिको भालेश्वर महादेव मन्दिरको दर्शन गर्न दशनार्थीको भीड लाग्ने गरेको छ । पछिल्लो समयमा चनद्रागिरिमा पर्यटकको भिड बढ्दै जान थालेको छ ।

देशमा आउने विशिष्ट अन्तर्राष्ट्रिय पाहुनाले पनि चन्द्रागिरिको भ्रमण गर्ने गरेका छन् । यसअनुसार रामदेवले शनिबार विहान चन्द्रागिरि मै योग प्रशिक्षण दिने कार्यक्रम छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका