Saturday, June 6, 2026
Homeप्रवासघानामा मृत्यु भएका बोहराको शव डेढ महिनापछि नेपाल लगिँदै

घानामा मृत्यु भएका बोहराको शव डेढ महिनापछि नेपाल लगिँदै

३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने  सपना बोकेर घानासम्म पुगेका  रुकुमका रुपक बोहोराको डेढ महिनाअघि मृत्यु भयो ।  मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा उनको मृत्यु भएको थियो । उनको शवलाई  कतार एअरवेजबाट सोमबार बिहान काठमाडौं पुग्दैछ ।  शव रुकुम बाफिकोटस्थित बोहोराकै घरमा लागि दाहसंस्कार गरिनेछ । आकरा विमानस्थलमा बिरामी भएपछि  उनलाई इमिरेट्स एयरर्लाइनले अलपत्र पारेर छाडेको थियो ।

एयरपोर्ट भित्रको प्राथमिक स्वास्थ्य केन्द्रमा सिकिस्त विरामी रहेको जानकारी पाएपछि एनआरएनए घानाले आकारा शहरको सुविधा सम्पन्न रिज अस्पतालमा उनको औषधि उपचारको समन्वय गरेको थियो । तर, उनलाई बचाउन सम्भव नभएपछि उनको उपचार खर्च र  शव फिर्ताको लागि एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठ ,कोषाध्यक्ष विकास सुवेदी , दिनेश पाण्डेय , कृष्ण निरौला लगायत पदाधिकारीहरुले समन्वय गरेका हुन् ।

त्यसैगरि उनको उपचार खर्चका लागि एनआरएनए अफ्रिकाको अफ्रिका राहत कोष र एनआरएनए घानाले आर्थिक सहयोग जुटाएका थिए । उनको शव काठमाडौं पुगेपछि रुकुम सम्म पुर्याउन एनआरएनएको काठमाडौं स्थित अन्तरराष्ट्रिय  सचिवालयले सहयोग गर्ने भएको छ । एनआरएनए अन्तरराष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापाले यस दु:खद परिस्थितिमा साथ दिई उनको उपचार र शव फिर्ताको समन्वय गरेकोमा एनआरएनए एनसीसी घाना , एनआरएनए अफ्रिका राहत कोष , एनआरएनए अफ्रिका स्वास्थ्य समिती, एनआरएनए आइसीसी र नेपालमा समन्वय गर्ने तारक केसी लगायत रूपकका परिवारजनलाई हार्दिक आभार व्यक्त गरेका छन्  ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका