Wednesday, July 8, 2026
Homeसामाचारगोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव कार्कीलाई मुलुकको प्रमुख प्रशासनिक नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि मुख्यसचिव रहेका डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भई निलम्बनमा परेपछि रिक्त रहेको पदमा कार्की नियुक्त भएका हुन्।

कार्कीले निजामती प्रशासनमा लामो समय विभिन्न जिम्मेवारी सम्हाल्दै स्थानीय प्रशासन, मन्त्रालयगत नेतृत्व तथा नीति निर्माणका क्षेत्रमा अनुभव हासिल गरेका छन्। मुख्यसचिव नियुक्त हुनुअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ सचिवका रूपमा कार्यरत थिए।

मुख्यसचिवका रूपमा कार्कीले संघीय प्रशासनलाई प्रभावकारी बनाउने, सुशासन र जवाफदेहिता अभिवृद्धि गर्ने तथा सरकारका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी सम्हाल्नेछन्।

सरकारले उनको नेतृत्वले सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र जनमुखी बनाउन योगदान पुग्ने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका