काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन्।
गुरुङलाई ज्वरोसँगै ढाड दुख्ने तथा शरीर र खुट्टामा डाबरजस्ता खटिरा देखिएपछि अस्पताल लगिएको हो।
रसुवा बाढीपछि करिब १० दिनसम्म लगातार उद्धार, राहत तथा विपद् व्यवस्थापनमा खटिएका गुरुङ अत्यधिक धपेडीका कारण अस्वस्थ भएको हुन सक्ने चिकित्सकहरूले बताएका छन्।
गुरुङ जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारदेखि बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनसम्म सक्रिय रूपमा सहभागी भएका थिए।


