Monday, April 20, 2026
Homeसामाचारमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपबारे तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार जारी प्रेस वक्तव्यमा संगठनले मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको हो।

वक्तव्यमा पदमै बसेर छानबिन सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने जनाइएको छ। मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष अनुसन्धान हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ।

त्यस्तै, बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै क्याबिनेट गठनलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ। हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र पछि हटाउने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनुपर्नेमा जोड दिइएको छ।

संगठनले वर्तमान सरकार ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि भएको उल्लेख गर्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने पनि स्पष्ट पारिएको छ।

जेनजी मुभमेन्टले न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्नेमा जोड दिँदै दोषी जो–कोही भए पनि कानुनको कठघरामा उभिनुपर्ने बताएको छ। पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने चेतावनीसमेत दिएको छ। उक्त वक्तव्य संगठनका प्रवक्ता विजय शाहले जारी गरेका हुन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका