Sunday, June 7, 2026
Homeअपराध र घटनाकाँग्रेस दोलखाका सभापति लामा ७ हजार धरौटीमा रिहा

काँग्रेस दोलखाका सभापति लामा ७ हजार धरौटीमा रिहा

नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा सहितका जुवाडेहरु धरौटी तिरेर छुटेका छन् । कार्तिक १८ मा राति काठमाडौंको नयाँ बस्तीबाट लामा र नेपाली कांग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठ सहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले उनीहरुलाई जनही ७ हजार धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् । नयाँबस्तीस्थित सागर लामाको फ्ल्याटमा उनीहरु जुवा खेलेका थिए । जुवा खालबाट ६ लाख नगद सहित उनीहरुलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका