Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियक्रिसमस पार्टीमा आत्मघाती हमला, ६ जनाको मृत्यु

क्रिसमस पार्टीमा आत्मघाती हमला, ६ जनाको मृत्यु

गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला  आत्मघाती विस्फोट भएको थियो । विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए ।

इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरूले सो विस्फोट गराएको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएका छैन । बम विस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । विस्फोटको समयमा महिला र बालबालिका थिए । बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका