Sunday, July 5, 2026
Homeसामाचारकोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ४ असार: हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। यस्तै, देशको पश्चिमी भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

आज राति देशभर आंशिकदेखि पूर्ण बदलीको अवस्था रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरूमा तथा अन्य प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहँदा, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा र अन्य प्रदेशका केही उच्च भूभागमा हल्का वर्षासहित हिमपातसमेत हुनसक्ने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका