Thursday, June 4, 2026
Homeसामाचारकोरोना जोखिमः तिहारमा यात्रा गर्दा कसरी सुरक्षित हुने ?

कोरोना जोखिमः तिहारमा यात्रा गर्दा कसरी सुरक्षित हुने ?

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या घटेपनि जोखिम अझै कायमै छ। तिहारसँगै छठपर्व पनि आउँदैछ। यतिबेला यात्रुहरु घर फर्किने क्रम जारी छ। यात्रा सुरक्षित तवरले गर्नुपर्छ। सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना भाइरसको जोखिम उच्च हुने भएकाले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालनामा हेलचेक्र्याइ गर्नुहुँदैन ।

सहि तरिकाले मास्कको प्रयोग गर्नुपर्छ। गाडी चढेपछि र ओर्लिएपछि साबुनपानी वा सेनिटाइजरले हात सफा गर्नुपर्छ । यात्राका बेला सम्भव भएसम्म उपयुक्त भौतिक दुरी कायम गर्नुपर्छ । सकेसम्म खुद्रा पैंसा वा अनलाइन भुक्तानीको व्यवस्था मिलाउनुपर्छ ।

आवश्यक खानेकुरा आफै बोक्नुपर्ने हुन्छ । होटेलमा खानैपरे जनस्वास्थ्यका मापदण्ड अपनाएर खानुपर्छ । अनावश्यक रुपमा सवारी साधनका झ्याल, ढोका,डण्डी तथा सिट छुनुहुँदैन ।

स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका