Sunday, July 19, 2026
Homeसामाचारकुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपालीको शव यथाशिघ्र नेपाल फर्काउने...

कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपालीको शव यथाशिघ्र नेपाल फर्काउने तयारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको बताउनुभएको छ ।

उहाँले मृतकका शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रियाअघि बढाउन निर्देशन दिनुभएको हो । मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिनुभएको मन्त्री अर्यालले जानकारी दिनुभयो । उहाँले कुबेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मृतक श्रमिक र परिवारको विषयमा जानकारी लिनुभएको थियो ।

गत मङ्गलबार बिहान कुबेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपाली श्रमिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा काठमाडौँ सानो भ¥याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धीरज गुर्मछान मगर रहेका छन् । मन्त्री अर्यालले कुबेतस्थित दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिको निमित्त घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानुन व्यवसायी परिचालन गरिएको बताउनुभयो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका