Sunday, June 28, 2026
Homeसामाचारकानुनसहित तीन समितिको बैठक बस्दै

कानुनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं: संघीय संसदका तीन वटा समितिको बैठक आज सिंहदरबारमा बस्ने भएका छन्। कानुन, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति, र महिला तथा सामाजिक मामिला समितिले छुट्टाछुट्टै समयमा बैठक आयोजना गरेका हुन्।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको मानवअधिकार अवस्थाबारे स्थलगत अनुगमन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

अर्थ समितिको बैठक बिहान ११ बजे तय गरिएको छ। उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा अर्थ मन्त्रालयसँग परामर्श र छलफल गरिनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक भने दिउँसो ३ बजे बस्नेछ। यस बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका