काठमाडौँ । कानुनमन्त्री सोबिता गौतमले जेनजी आन्दोलन स्मृति दिवसका अवसरमा आफूले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा क्षमायाचना गरेकी छन् ।
आफ्नो अभिव्यक्तिले राष्ट्रिय सभाका सदस्यहरूको भावनामा चोट पुगेको भए त्यसप्रति क्षमाप्रार्थी रहेको गौतमले बताइन् ।
उनले आफूले राष्ट्रिय सभाले ‘असहयोग गर्यो’ भन्ने शब्द प्रयोग नगरेको दाबी गर्दै आफ्नो अभिव्यक्तिको गलत व्याख्या भएको स्पष्ट पारिन् ।
मन्त्री गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै कानुन निर्माण प्रक्रियालाई प्रभावकारी र गतिशील बनाउन दुवै सदन मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।


