काठमाडौंको शंकरापुरमा स्कुल बस दुर्घटना, ३ विद्यार्थीको मृत्यु
काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिकामा स्कुल बस दुर्घटना भएको छ। नगरकोटबाट पिकनिक सकेर फर्कँदै गरेको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
चाबहिलस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको उक्त बसमा ४० भन्दा बढी यात्रु रहेको बताइएको छ। दुर्घटनामा ३ जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेहरुको उपचार भैरहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा केही घाइतेको अवस्था गम्भीर रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।


