Wednesday, August 26, 2026
Homeसामाचारकाठमाडौं उपत्यकामा २४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ जना सवारी चालकलाई कारबाही गरेको छ।

बुधबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५८ जना चालक कारबाहीमा परेका छन्। यस्तै, सिसिटिभीमार्फत ७४ जना र रातोबत्ती उल्लङ्घन गर्ने ६३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

तीव्र गतिमा सवारी चलाउने ११३ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ३४ जना र लेन उल्लङ्घन गर्ने ४८ जना चालक पनि कारबाहीमा परेका छन्।

यसैगरी, सवारीसाधनको अवस्था ठीक नभएका ३२ जना, एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने १५ जना तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५५६ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा नियमित रूपमा जाँच तथा कारबाही अभियान सञ्चालन गर्दै आएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका