Saturday, September 19, 2026
Homeसामाचारकाठमाडौं उपत्यकामा २४ घण्टामा १,९२२ सवारीचालक कारबाहीमा, ५ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं उपत्यकामा २४ घण्टामा १,९२२ सवारीचालक कारबाहीमा, ५ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९२२ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट ५ लाख ११ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९२ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ७८ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १२९ जना तथा तीव्र गतिमा सवारी चलाउने १३९ जनालाई कारबाही गरिएको छ।

त्यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ४१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, कालो सिसा प्रयोग गरेका सवारीसाधन सञ्चालन गर्ने १० जना तथा एकतर्फी सडकमा सवारी चलाउने ७० जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यसका अतिरिक्त अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार २९६ जना सवारीचालकलाई पनि कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका