काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनिबार) पुनः बस्ने भएको छ। शुक्रबारको बैठकले दलको नेता टुंगो लगाउन नसकेपछि सहमति खोज्न फेरि बैठक बोलाइएको हो।
दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा रहेका छन्। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन्।
कांग्रेसले सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने प्रयास जारी राखेको छ।


