Friday, July 17, 2026
Homeसामाचारकरिनाको घर बीएमसीद्वारा सिल? कारण एस्तो .

करिनाको घर बीएमसीद्वारा सिल? कारण एस्तो .

बलिउड अभिनेत्री करिना कपूर खानको घर बृहन मुम्बई नगरपालिका नियम (बीएमसी) ले सिल गरेको छ । अभिनेत्री करिना र अमृता अरोरालाई कोरोना भाइरसको संक्रमण भएपछि बीएमसीले घर सिल गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएपछि करिनाले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमार्फत आफूलाई संक्रमण भएको खुलासा गरेकी छिन् । “म कोभिड १९ पछि पोजिटिभ छु। मैले सबै स्वास्थ्य प्रोटोकलहरू पालना गरेर आफूलाई अलग गरेको छु। मसँग सम्पर्कमा आउने सबैलाई आफ्नो परीक्षण गराउन अनुरोध गर्दछु। मेरो परिवार र कर्मचारीलाई दुई पटक खोप लगाइएको छ। उनीहरूमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन। म आफूलाई ठिक महशुस गरिरहेको छु । आशा छ, चाँडै निको हुनेछु’, करीनाले लेखेकी छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका