Friday, July 3, 2026
Homeसामाचारकम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकको उद्धार

कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकको उद्धार

काठमाडौँ: लामो समयदेखि कम्बोडियामा अलपत्र परेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास, थाइल्याण्डले उद्धार गरेर शुक्रबार स्वदेश फर्काएको छ। उद्धार गरिएका व्यक्तिहरूमध्ये एक महिला र एक पुरुष रहेका छन्।

राजदूतावासले सरकारद्वारा तोकिएका मापदण्डअनुसार श्रम स्वीकृति प्राप्त नगरी विदेश जान नहुने पुनः स्मरण गराउँदै विशेषगरी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका देशमा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परेर जान नहुने स्पष्ट सन्देश दिएको छ।

यस सन्दर्भमा राजदूतावासले सम्बन्धित सबैलाई सचेत रहन आग्रह गर्दै आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई पनि यो सन्देश प्रसार गर्न र सचेतना अभिवृद्धिमा सहयोग गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका