Saturday, July 18, 2026
Homeमुख्य समाचारकटुवाल प्रकरणबारे प्रचण्डले भने– ‘दायाँतिर बादल बाँयातिर बाबुरामले ठोक भने अन्तिममा मेरै...

कटुवाल प्रकरणबारे प्रचण्डले भने– ‘दायाँतिर बादल बाँयातिर बाबुरामले ठोक भने अन्तिममा मेरै पद गयो’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउँदा पार्टीलाई धेरै ठूलो क्षति भएको बताएका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तीन महिनापछि आफै जाने प्रधानसेनापति कटुवाल हटाउनु कमजोरी भएको स्वीकार गरे ।

‘रुक्माङ्गत कटुवाल तीन महिनापछि त्यसै जानेवाला थियो । दायाँतिर बादल बाँयातिर बाबुराम ठोक भन्छन् जतिबेला पनि । एउटालाई रक्षामन्त्री बनाएको ठोक ठोक भन्छन् । अर्को अर्थमन्त्रीले पनि यसलाई ठोकिहाल्ने हो भन्छन्’ प्रचण्डले भने, ‘म अलि लाटो सोझो पनि छु क्या । यिनीहरु मात्रै के कम भनेर ठोक्दिहाले त्यसपछि के हुन्थ्यो मेरै प्रधानमन्त्री गयो ।’ जनयुद्धमा जस्तै बाबुराम बादलले भनेको जस्तै हुन्न भनेको भए देशको स्थिति अर्के अवस्था पुग्ने प्रचण्डले दाबी गरे ।

‘हामीले ०६४ मा बहुमत ल्याएपछि साथीहरुले हामीले यत्रो जितेका छौ । राष्ट्रपति पनि हाम्रै चाहिन्छ प्रधानमन्त्री पनि हाम्रै चाहिन्छ । उपराष्ट्रपति पनि हाम्रै चाहिन्छ भन्दा हुन्छ भन्दिए ’ प्रचण्डले भने, ‘विचरा बुढो गिरिजालाई जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भयो । जसले जीन्दगीभर राजतन्त्र भनेको मान्छे मर्ने बेलामा गणतन्त्र भनेर माओवादीसँग हात मिलाएर आए । त्यस्तो बुढालाई राष्ट्रपति बनाउन पाइएन ।’ यदि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएको भए शान्ति सम्झौता अझ राम्रो गरेर टुंगो लाग्नुका साथै संविधान अझ बन्ने बताए । पार्टीका नेताहरुको लहलहीमा लागेर पाँच वर्ष चल्ने सरकार बीचमै ढलेको बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका