Sunday, June 7, 2026
Homeमुख्य समाचारकक्षा १० को परीक्षा लिन छापिएको करोडौंको प्रश्नपत्र अलपत्र

कक्षा १० को परीक्षा लिन छापिएको करोडौंको प्रश्नपत्र अलपत्र

कक्षा १० का विद्यार्थीको परीक्षाका लागि छापिएको करोडौं रुपैयाँको प्रश्नपत्र प्रयोगविहीन (अलपत्र) परेको छ । कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेको हो ।
जनक शिक्षा सामग्री केन्द्रले प्रतिगोटा ३ रुपैयाँ ८५ पैसामा ५० लाख ७० हजार वटा प्रश्नपत्र छापेको थियो । उक्त प्रश्नपत्र छपाइपछि प्याकिङ सहितको २ करोड २० लाख रुपैयाँ सामग्री केन्द्रलाई भुक्तानी भइसकेको छ ।

प्रश्नपत्र छापेर प्याकिङ सहितको रकम भुक्तानी भइसकेपछि तत्कालिन केपी शर्माओली सरकारले कोरोना महामारीलाई देखाउँदै कक्षा १० को परीक्षा रद्द गरेको थियो । ओली नेतृत्वको मन्त्रिपरिषद्ले परीक्षा रद्द गर्दै विद्यालयको मूल्याङ्कनका  आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि करोडौं रुपैयाँको प्रश्नपत्र अलपत्र परेको हो । महालेखा परीक्षकको कार्यालयले निकालेको ५८ औं प्रतिवेदनका अनुसार राष्ट्रिय परिक्षा बोर्डले ती प्रश्नपत्र अहिलेसम्म पनि धुल्याएको छैन ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका