Friday, May 8, 2026
Homeराजनीतिओलीलाई हराएका बालेनले बुझाए चुनावी खर्च विवरण, कुल खर्च १४ लाख १७...

ओलीलाई हराएका बालेनले बुझाए चुनावी खर्च विवरण, कुल खर्च १४ लाख १७ हजार

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै विजयी भएका शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि गरेको खर्चको विवरण आयोगमा पेश गरेका हुन्।

आयोगमा बुझाइएको विवरण अनुसार उनले कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्।

खर्च विवरणमा सबैभन्दा बढी रकम घरदैलो तथा प्रचार कार्यक्रममा खर्च भएको देखिन्छ। १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो अभियानका क्रममा उनले ५ लाख ८० हजार रुपैयाँ खर्च गरेको जनाएका छन्।

त्यस्तै, सवारीसाधन भाडा र इन्धनका लागि २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

बालेनले निर्वाचन प्रचार–प्रसार तथा व्यवस्थापनसँग सम्बन्धित अन्य विभिन्न शीर्षकमा पनि खर्च गरेका छन्।

बालेनको खर्च विवरण यस प्रकार छ :

  • सवारीसाधन भाडा (२ वटा, १५ दिन – इन्धन सहित): रु. २,९३,८००

  • हवाई भाडा (५ पटक): रु. ३५,०००

  • मतदाता प्रशिक्षण कार्यक्रम खाजा (५८ जना): रु. २८,९७०

  • वडास्तरीय प्रचार कार्यक्रम (१५ दिने घरदैलो, २९ वडा): रु. ५८,०००

  • नमुना मतपत्र छपाइ: रु. ४९,८५०

  • निर्वाचन कार्यालय सञ्चालन (पानी खर्च – २ महिना): रु. १,२०,०००

  • निर्वाचन कार्यालय सञ्चालन (स्टेशनरी – २ महिना): रु. २२,८२०

  • प्रचार सामग्री छपाइ (कागज तथा ब्यानर): रु. १,५७,०४१

  • प्रचार सामग्री (ब्यानर तथा स्टिकर): रु. १,९९,८०८

  • मनोनयन दर्ता शुल्क: रु. १०,०००

यसरी सबै शीर्षक जोड्दा कुल खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ पुगेको छ।

यो विवरण उम्मेदवारका प्रतिनिधि नविन भण्डारीद्वारा हस्ताक्षरित रहेको र २०८२ फागुन २४ गते जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको देखिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका