Wednesday, October 21, 2026
Homeराजनीतिएमाले महाधिवेशन प्रतिनिधिका लागि बसोबासको वैकल्पिक व्यवस्था

एमाले महाधिवेशन प्रतिनिधिका लागि बसोबासको वैकल्पिक व्यवस्था

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि बसोबासको वैकल्पिक व्यवस्था गरेको छ।

पार्टीको सम्पर्क समन्वय कमिटीले महाधिवेशनमा सहभागी हुने र बस्न तथा खानामा समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर वा कोठामा राख्ने प्रबन्ध मिलाइएको जनाएको छ। कमिटीका सचिव आर. सी. लामिछानेका अनुसार टाढाबाट आउने प्रतिनिधिलाई काठमाडौंमा बसोबास र खानाको समस्या नहोस् भनेर आवश्यक व्यवस्था गरिएको हो।

उहाँले भन्नुभयो, “यसपटक महाधिवेशन आयोजक कमिटीले प्रतिनिधिका लागि औपचारिक आवासको व्यवस्था गरेको छैन। त्यसैले काठमाडौंमा बस्न समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ।” उहाँका अनुसार हाल प्रदेशगत रूपमा काठमाडौंमा बस्न समस्या हुने प्रतिनिधिको विवरण सङ्कलन भइरहेको छ।

महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन्। यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्कसमेत न्यून तोकेको जनाएको छ। आयोजक प्रतिनिधिका लागि तीन हजार रुपैयाँ र निर्वाचित भएर आउने प्रतिनिधिका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुँदै छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका