Thursday, June 4, 2026
Homeमुख्य समाचारएमसीसी आजै अनुमोदन हुने, व्याख्यात्मक घोषणालाई ग्रहण गर्न मन्त्रिपरिषद् बैठक

एमसीसी आजै अनुमोदन हुने, व्याख्यात्मक घोषणालाई ग्रहण गर्न मन्त्रिपरिषद् बैठक

प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई आजै अनुमोदन गर्ने भएको छ । आइतबारको पहिलो चरणको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ।
यसैबीच केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । संसद भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ ।

गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने एक मन्त्रीले बताए । आजै बसेको गठबन्धनको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका