Monday, May 4, 2026
Homeमनोरन्जनएक सातामा १७ करोडमै सीमित ‘बेल बटम’को कमाइ

एक सातामा १७ करोडमै सीमित ‘बेल बटम’को कमाइ

नायक अक्षय कुमारका पछिल्लो केही वर्षयता रिलिज भएका चलचित्रले एक दिनमै १५ करोड माथिको कमाइ गरेका थिए । अक्षयका अधिकांश चलचित्रको कमाइ सय करोड माथि छ । अक्षयलाई चलचित्रमा राखेपछि बक्स अफिसमा उछाल आउने गर्दछ ।

तर, बलिउड चलचित्रलाई कोभिडले कतिसम्म प्रभावित बनाएको छ भन्ने कुरा अक्षय कुमारको पछिल्लो रिलिज चलचित्र ‘बेल बटम’को कमाइ हेर्दा हुन्छ ।

अक्षय कुमार, बाणी कपुर लगायतका कलाकारले अभिनय गरेको ‘बेल बटम’ले एक सातामा १७.५० करोड कमाइ गरेको छ । पहिलो दिन ३ करोड माथिको कमाइ गरेको यो चलचित्र विकेन्डपछि १ करोडको आसपासमै खुम्चियो ।

बलिउड पण्डितहरुका अनुसार, अब सबैको ध्यान चलचित्रको दोश्रो हप्ताको कलेक्शनमा गएको छ । तर, कोभिडका कारण भारतका धेरै राज्यमा अझै पनि हल खुलेका छैनन् । अर्कोतिर, दर्शकहरु चलचित्र हेर्न हलसम्म जान नै डराइरहेका छन् । यसको प्रत्यक्ष प्रभाव अक्षयको चलचित्रमाथि परेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका