Sunday, June 28, 2026
Homeसामाचारउपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना व्यक्त

उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना व्यक्त

काठमाडौँ: उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका प्रवर्तक भगवान् महावीरको २,६२४औँ जन्मजयन्ती (जन्म कल्याणक दिवस)को अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले जैन धर्मका २४औँ तीर्थंकर महावीरको जीवनले ‘पञ्चशील’ सिद्धान्तको प्रतिपादन गर्दै अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिएको उल्लेख गर्नुभयो।

उहाँले महावीर जयन्तीले सम्पूर्ण मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभावको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ। “यो दिवसले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई बलियो बनाउने अवसर प्रदान गर्दछ,” उपराष्ट्रपति यादवको भनाइ छ, “भगवान् महावीरले अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्य जस्ता आदर्शको प्रतिपादन गर्नुभएको हो, जसले धार्मिक मात्र होइन, सामाजिक र सांस्कृतिक दृष्टिले पनि हामीलाई सुन्दर देश र समाज निर्माणतर्फ अग्रसर गराउँछ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका