Saturday, April 18, 2026
Homeसामाचारउपचारपछि ओली डिस्चार्ज, शल्यक्रियापछि स्वास्थ्य सुधार

उपचारपछि ओली डिस्चार्ज, शल्यक्रियापछि स्वास्थ्य सुधार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्रिवि शिक्षण अस्पतालबाट साँझ डिस्चार्ज भएको जानकारी उनको सचिवालयले दिएको हो। उनको पत्थरीको सफल शल्यक्रिया गरिएको थियो।

जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत थिए।

यसअघि २६ चैतमा अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो। तर स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले उनी चिकित्सकको निगरानीमा अस्पतालमै बस्दै आएका थिए। अहिले स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका