Monday, May 11, 2026
Homeराजनीतिआफूमाथि लागेको आरोप छिटो छानबिन गर्न सुधन गुरुङको आग्रह

आफूमाथि लागेको आरोप छिटो छानबिन गर्न सुधन गुरुङको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेको आरोपको छिटो छानबिन गर्न आग्रह गरेका छन्।

सोमबार संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले आफू छानबिनको पर्खाइमा रहेको बताए। उनले आरोपको सत्यतथ्य छिटो बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरे।

गुरुङले आफूमाथि लागेको आरोप पुष्टि भए कानुनी कारबाही भोग्न आफू तयार रहेको स्पष्ट पारे। तर, यदि आरोप असत्य ठहरिए आरोप लगाउनेमाथि पनि कारबाही हुनुपर्ने उनको भनाइ थियो।

विवादास्पद व्यवसायी दीपक भट्टसँगको सेयर कनेक्सनका कारण गुरुङ पछिल्लो समय विवादमा तानिएका थिए। उनले भने, आफू पारदर्शिताको पक्षमा रहेको र छानबिन प्रक्रियालाई कुनै पनि हालतमा रोक्न नचाहने बताए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका