Thursday, September 17, 2026
Homeसामाचारआत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौँ। आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि उनको मृत्यु भएको हो।

यसअघि वीर अस्पतालले पत्रकार सम्मेलनमार्फत नेपालीको अवस्था अत्यन्तै गम्भीर रहेको र जुनसुकै बेला थप जटिलता उत्पन्न हुन सक्ने जनाएको थियो। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाबारे निश्चित पूर्वानुमान गर्न नसकिने भन्दै निरन्तर निगरानी र उपचार भइरहेको जानकारी दिएका थिए।

चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका