Thursday, July 2, 2026
Homeसामाचारआजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुने

आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुने

काठमाडौं: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुप्रणाली तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै बाँकी क्षेत्रहरूमा मौसम आंशिक बदलीदेखि सफा रहनेछ।

सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ भने अन्य स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, देशका हिमाली भू–भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको उल्लेख गरिएको छ। मधेस प्रदेशका केही भागमा भने हुरी–बतासको सम्भावना रहेको छ।

रातिको मौसमतर्फ, देशका पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। साथै, यी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायम रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका