Thursday, August 6, 2026
Homeराजनीतिआज राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्रीको जवाफदेखि पशु रोग नियन्त्रण विधेयकसम्मका एजेन्डा

आज राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्रीको जवाफदेखि पशु रोग नियन्त्रण विधेयकसम्मका एजेन्डा

काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको उत्तर दिनेछन्। साथै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको पनि उनले नै उत्तर दिने कार्यसूची छ।

बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका