Friday, May 1, 2026
Homeसामाचारआज बुद्ध जयन्ती: शान्तिका दूत गौतम बुद्धको स्मरण

आज बुद्ध जयन्ती: शान्तिका दूत गौतम बुद्धको स्मरण

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्मिएका सिद्धार्थ गौतमको पूजा, आराधना र प्रवचनमार्फत मनाउने गरिन्छ।

विश्व शान्ति स्थापना र मानवताका लागि सिद्धार्थ गौतमले पुर्‍याएको योगदानको स्मरणस्वरूप यो दिवस मनाइन्छ। विशेषगरी बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) एउटै दिन—वैशाख शुक्ल पूर्णिमामा परेको मान्यता अनुसार यस दिनको महत्व अझ विशेष रहेको छ।

यस अवसरमा नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरूले गौतम बुद्धप्रति गहिरो श्रद्धा र भक्तिसहित बुद्ध जयन्ती मनाइरहेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका