काठमाडौं । संघीय संसदअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ।
दिउँसो १२ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमिति गठन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।
यसैगरी बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमिति पुनर्गठन, समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अन्तरक्रिया तथा स्थलगत अनुगमनबारे छलफल गरिने जनाइएको छ।


