Wednesday, July 15, 2026
Homeअन्तराष्ट्रियआईबीएमको शेयरमा ऐतिहासिक गिरावट, एकै दिनमा करिब ७० अर्ब डलर बजार मूल्य...

आईबीएमको शेयरमा ऐतिहासिक गिरावट, एकै दिनमा करिब ७० अर्ब डलर बजार मूल्य घट्यो

काठमाडौं। अमेरिकी प्रविधि कम्पनी आईबीएम (IBM) को शेयर मूल्यमा ठूलो गिरावट आएपछि कम्पनीले एकै दिनमा करिब ७० अर्ब अमेरिकी डलर बराबरको बजार मूल्य गुमाएको छ।

ब्लूमबर्गका अनुसार यो पछिल्लो ५८ वर्षयताकै आईबीएमको सबैभन्दा ठूलो एकदिने शेयर गिरावट हो। दोस्रो त्रैमासिकको प्रारम्भिक वित्तीय नतिजा अपेक्षाभन्दा कमजोर आएपछि कम्पनीको शेयर मंगलबार करिब २५ प्रतिशतले घटेको हो।

सन् १९११ मा स्थापना भएको आईबीएमले जुनमा समाप्त तीन महिनाको अवधिमा आफ्नो राजस्व १ प्रतिशतले बढेर १७.२ अर्ब डलर पुगेको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरविन्द कृष्ण ले लगानीकर्तालाई सम्बोधन गर्दै कम्पनीले रणनीतिक रूपान्तरणमा अपेक्षित गति लिन नसकेको स्वीकार गरेका छन्।

वित्तीय विवरणअनुसार कम्पनीको पूर्वाधार (इन्फ्रास्ट्रक्चर) व्यवसाय, जसअन्तर्गत मुख्य मेनफ्रेम सेवा पनि पर्छ, त्यसबाट हुने आम्दानी ७ प्रतिशतले घटेको छ। यस्तै, सफ्टवेयर व्यवसायको आम्दानी ५ प्रतिशतले बढे पनि त्यो बजारको अपेक्षाभन्दा कम रहेको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका