Wednesday, July 22, 2026
Homeमनोरन्जन‘असाध्यै हट’ भएका कारण सपिङ मलबाट निकालिएकी टिभी स्टार, धम्कीसमेत दिइयो

‘असाध्यै हट’ भएका कारण सपिङ मलबाट निकालिएकी टिभी स्टार, धम्कीसमेत दिइयो

एक रियालिटी टिभी स्टारले आफू ‘असाध्यै हट’ भएका कारण दुबईको एक सपिङ मलबाट बाहिर निकालिएको दाबी गरेकी छिन् ।  यतिमात्रै होइन, मलमा प्रहरी बोलाउने धम्की पनि दिइयो । आखिर भएको चाहिँ के हो, त्यसबारे जानकारी लिऔं ।

२२ वर्षकी एमी रस सोसल मिडिया इन्फ्लुएन्सर हुन् । इन्स्टाग्राममा उनका १८८,००० फलोअर्स छन् । केही समय अघि उनी दुबईमा छुट्टी मनाउन गएकी थिइन् ।

उनले भनिन्, ‘एकपटक उनी दुबईको सपिङ मलमा जाँदा मेरो सामना सुरक्षा कर्मचारीसँग भयो । उनले मेरो लवाई सही नभएको बताएका थिए ।’

यस्तै जर्मन मिडिया अनुसार यो घटना त्यतिबेला भयो जब रियालिटी स्टार कथित रुपमा क्रप्ड ग्लिटर टप र मिनी स्कर्ट लगाएर मल गएकी थिइन् ।

एमी रसले दाबी गर्दै भनिन्, ‘मलमा प्रवेश गरेपछि सुरक्षाकर्मीले मलाई म यसरी घुम्न नसक्ने बताए । त्यसपछि कर्मचारीले मलाई सपिङ गर्न दिएनन् । उनीहरुले मलाई प्रहरी बोलाउने धम्की पनि दिए । यहाँसम्म कि उनीहरुले एक लिखित चेतावनी पनि दिए ।’

युवतीले पाएको लिखित चेतावनी दुबई मलको एक शिष्टाचार नीति थियो जसमा लेखिएको थियो, ‘कृपया सम्मानजनक कपडा लगाउनुहोस् ।’

एमी रसले थपिन्, ‘त्यसपछि मैले बाहिर राखिएको एउटा लामो टिसर्ट खरिद गरेँ । यद्यपि, मलाई लाग्दैनथ्यो कि मेरो लवाई त्यस्तो कामुक थियो ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका