Monday, April 20, 2026
Homeप्रवासअमेरिकाअमेरिकामा कलाकारहरूको अधिवेशन सम्पन्न,अध्यक्षमा लोक गायिका निशा सुनार निर्विरोध

अमेरिकामा कलाकारहरूको अधिवेशन सम्पन्न,अध्यक्षमा लोक गायिका निशा सुनार निर्विरोध

उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरूको संस्था नेपाली अमेरिकन कलाकार सङ्घको साधारण सभा तथा ५ औ महाधिवेशन सम्पन्न भएको छ। न्यूयोर्कको क्विन्समा गत सेप्टेम्बर ६ का दिन सम्पन्न भएको महाधिवेशनले आगामी नयाँ कार्यसमिति चयन गरेको छ । न्यूयोर्कमा सम्पन्न संघकोअधिबशनबाट निशा सुनार अध्यक्षमा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् |  यो कार्य समितिको कार्यकाल २ वर्षको रहने समितिले जनाएको छ ।

१७ सदस्यीय कार्यसमितिमा प्रमुख संरक्षक अभय ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । ३ जनाको निर्वाचन समिति रहेको निर्वाचन समितिमा समाजसेवी जिपिके फ़ाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे , तमु परिवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी विष्णु राना मगर थिए ।

निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उम्मेदवारी दर्ता गर्न ३० मिनेट र उम्मेदवारी दिन र फिर्ता गर्न दिइएको समय ५ मिनेटको समयमा सबै पदहरूको लागी पद सङ्ख्या बराबर मात्रा उम्मेदवारी परेको हुँदा उम्मेदवारी दिनुहुने सबैजना निर्विरोध विजयी भएको घोषणा गरेका थिए ।

नव निर्वाचित कार्यसमितिमा अध्यक्ष-निशा सुनार, वरिष्ठ उपाध्यक्ष-बसन्ती राई , उपाध्यक्ष-बिमल डाँगी, उपाध्यक्ष-बिक्की पुलामी मगर,उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की,  महासचिव-संगीता थापा मगर, सचिव-मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष-पूजा न्यौपाने, र समितिको बोर्ड सदस्यहरूमा नविन श्रेष्ठ ,चिनिया लाल श्रेष्ठ , बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका