Monday, July 27, 2026
Homeअन्तराष्ट्रियअमेरिका–दक्षिण कोरिया सम्झौता: हुन्डाई प्लान्ट छापामा पक्राउ परेका कोरियाली नागरिक रिहा हुने

अमेरिका–दक्षिण कोरिया सम्झौता: हुन्डाई प्लान्ट छापामा पक्राउ परेका कोरियाली नागरिक रिहा हुने

काठमाडौं । दक्षिण कोरियाली नागरिकहरू जर्जियास्थित हुन्डाई प्लान्टमा भएको ठूलो अध्यागमन छापामा पक्राउ परेपछि सियोलले वाशिंगटनसँग उनीहरूको रिहाइबारे सम्झौता गरेको जनाएको छ।

राष्ट्रपतिका प्रमुख कर्मचारीले प्रशासनिक प्रक्रिया पूरा भएलगत्तै आफ्ना नागरिकलाई फर्काउन चार्टर्ड विमान पठाइने जानकारी दिए। कोरियाली अधिकारी काङ हुन-सिकले यस्ता घटना दोहोरिन नदिन भिसा प्रणालीमा सुधार गरिने बताए।

अमेरिकी अधिकारीहरूले शुक्रबार गरेको छापामा कुल ४७५ जनालाई पक्राउ गरेका थिए। तीमध्ये ३०० भन्दा बढी दक्षिण कोरियाली नागरिक रहेको पुष्टि भएको छ। अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) का अधिकारीहरूले उनीहरू ब्याट्री उत्पादन गर्ने कारखानामा अवैध रूपमा काम गरिरहेको बताएका छन्।

ह्वाइट हाउसले यो कारबाहीको बचाउ गर्दै छापाले विदेशी लगानीमा असर पुर्‍याउने आशंकालाई खारेज गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि, “यी मानिसहरू अवैध आप्रवासी थिए, र आइसीइले आफ्नो काम मात्र गरिरहेको थियो,” भनेर प्रतिक्रिया दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका