Friday, June 26, 2026
Homeसामाचारअबदेखि १८ वर्ष नपुगेकाले मोटरसाइकल चलाउन नपाउने

अबदेखि १८ वर्ष नपुगेकाले मोटरसाइकल चलाउन नपाउने

काठमाडौँ: सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्न आवश्यक उमेर हद बढाउने योजना अघि सारेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ का लागि मस्यौदा तयार पारेको छ, जसमा उमेर हद संशोधन गर्ने प्रस्ताव गरिएको छ।

हाल लागू सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार, मोटरसाइकल तथा दुई वा तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र लिन न्यूनतम उमेर १६ वर्ष तोकिएको छ। तर, नयाँ प्रस्तावित ऐनमा यो सीमा बढाएर १८ वर्ष पुर्‍याउने योजना छ।

ठूला सवारी साधनको हकमा, हाल २१ वर्ष पुगेपछि मात्र चालक अनुमति पत्र लिन सकिने व्यवस्था छ। नयाँ प्रस्तावमा यो उमेर हद बढाएर २३ वर्ष पुर्याउने उल्लेख गरिएको छ।

यस्तै, मझौला तथा साना सवारी साधन चलाउन हाल १८ वर्ष पुगेका व्यक्तिले अनुमति पत्र लिन पाउँछन्। तर, नयाँ मस्यौदामा यसका लागि न्यूनतम उमेर २१ वर्ष पुर्याउनुपर्ने प्रस्ताव गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका