Wednesday, April 22, 2026
Homeदेश र प्रदेशअन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती, जीवन बचाउन अपिल

अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती, जीवन बचाउन अपिल

अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट नव दम्पतीले सामाजिक सञ्जाल (ट्विटर)मा भिडियो पोस्ट गरेका छन् । ट्विटरमार्फत सार्वजनिक सो भिडियो कैलालीको जङ्गलबाट पोस्ट गरेको दाबी गरिएको छ । कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल  अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य भएका हुन् ।

प्रकाशको आफन्तले दिएको जानकारी गराउँदै अधिकारकर्मी जेबी विश्वकर्माले सो भिडियो आफ्नो ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन् ।

प्रकाशले विवाह गरेपछि परिवारले नमानेको हुनाले जङ्गलमा आउनुपरेको बताएका छन् । मालतीले भनेकी छिन्–‘हामीलाई धम्की दिएका छन् ।’

रुकुम पश्चिममा भएको घटना दोहोरिने धम्कीपूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरूले जीवन बचाउन अपिल गरेका छन् । अन्तरजातीय विवाहका कारण भएको झडपमा रुकुम पश्चिममा जाजरकोटका २१ वर्षीय नवराज विक सहित ६ जनाको ज्यान गएको थियो ।

दम्पतीले आफूहरूले प्रेम गरेर विवाह गरेको र मालतीको पेटमा बच्चा भएको उल्लेख गर्दै टाढा हुन नचाहेको बताएका छन् ।

घटनाबारे जानकारी नभएको कैलालीका एसपी विश्व अधिकारीले बताए । रातोपाटीसँग कुरा गर्दै अधिकारीले भने–‘अहिलेसम्म घटना जानकारीमा थिएन, यसबारे बुझेर अनुसन्धान अगाडी बढाउँछु ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका