Wednesday, May 21, 2025
Homeमुख्य समाचारसंसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ ।

शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको थियो । बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘अन्य दलहरुसँग पनि सहकार्य गरी लोकतन्त्र रक्षाका लागि राजनीतिक र कानुनी लडाइँ लड्छौं ।’

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको ठहर छ । त्यसको विरोध गर्न कांग्रेसले नागरिक समाजलाई अपीलसमेत गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका