Sunday, May 10, 2026
Homeराजनीतिज्ञानेन्द्रमाथि प्रचण्डको प्रहार: ‘इतिहासले पन्छाएका शक्तिले चुनावबारे भ्रम छर्दैछन्’

ज्ञानेन्द्रमाथि प्रचण्डको प्रहार: ‘इतिहासले पन्छाएका शक्तिले चुनावबारे भ्रम छर्दैछन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले चुनाव नहुने भ्रम फैलाउने प्रयासप्रति आपत्ति जनाएका छन्।

शनिबार काठमाडौँमा आयोजित नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन समितिको कार्यक्रममा बोल्दै उनले नेपाली जनक्रान्तिबाट इतिहासमा पछि परेका केही व्यक्तिहरूले चुनाव नहुने हल्ला फैलाइरहेको आरोप लगाए। पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित टिप्पणी गर्दै उनले वर्तमान समस्या समाधान नगरी चुनावमा जान नहुने अभिव्यक्तिप्रति असहमति जनाए।

प्रचण्डले निर्वाचन हुने निश्चित भइसकेको अवस्थामा हल्ला र प्रचारको पछि नलागी दृढतापूर्वक तयारीमा जुट्न कार्यकर्तालाई अपिल गरे। निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरू सक्रिय देखिए पनि त्यसको खास अर्थ नरहेको उनले बताए।

उनका अनुसार निर्वाचन अहिलेको परिस्थितिमा तुलनात्मक रूपमा सबैभन्दा उपयुक्त र सहज विकल्प हो र नेकपा सुरुदेखि नै निर्वाचनको पक्षमा दृढ रहँदै आएको छ। देशभर पार्टीको प्रचार अभियान अघि बढिरहेको उल्लेख गर्दै उनले बाँकी दिन युद्धस्तरमा परिचालन हुन सके नेकपालाई देशको पहिलो पार्टी बनाउने सम्भावना रहेको दाबी गरे।

केही समय राजनीतिक उतारचढाव देखिए पनि त्यसलाई स्थायी रूपमा नलिन जनताले बुझिसकेको जिकिर गर्दै प्रचण्डले अहिलेको चुनौतीपूर्ण घडीमा राष्ट्रलाई सन्तुलित विकासको दिशातर्फ अघि बढाउन नेकपा प्रतिबद्ध रहेको बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका