Friday, June 5, 2026
Homeमुख्य समाचारनारायणी नदी छेउमा खाना पकाउने, गाडीमै सुत्ने

नारायणी नदी छेउमा खाना पकाउने, गाडीमै सुत्ने

९ मंसिर, चितवन । नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन बारा जिल्लाबाट चितवन आएका सहभागीहरु नारायणी किनारमा बसिरहेका छन् ।

पाँचवटा गाडीमा आएका २ सय ५० प्रतिनिधि गैडाकोटको नारायणी नदी किनारामा बसिरहेका छन् । नदी छेउमै खाना पकाएका उनीहरुले आफू चढेर आएको बसमा सुत्ने बताए ।

पार्टीले सबैजनालाई खानाबस्नको व्यवस्था गर्न नसक्ने भएकाले आफ्नो व्यवस्था आफैं गरेको महाधिवेशन प्रतिनिधि सुरेश यादवले बताए ।

एमालेले भोलि शुक्रबार हुने महाधिवेशन उद्घाटन समारोहमा करिब ५ लाख  जनसहभागिता जुटाउने जनाएको छ । त्यसकै लागि देशका विभिन्न स्थानबाट मानिसहरू चितवन आएका हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका