Thursday, October 29, 2026
Homeमनोरन्जनप्रभास भारतकै सबैभन्दा महँगा हिरो, लिए अहिलेसम्मकै बढी पारिश्रमिक

प्रभास भारतकै सबैभन्दा महँगा हिरो, लिए अहिलेसम्मकै बढी पारिश्रमिक

मुम्बई: प्रभास भारतकै सबैभन्दा महँगा अभिनेता बनेका छन्। उनले एउटा फिल्मका लागि १५० करोड भारु लिएर सबैभन्दा महँगा अभिनेता बनेका हुन्।

बलिउड हंगामाका अनुसार प्रभासले स्प्रिट नामक फिल्मका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन्। यसअघि उनले आदिपुरुषका लागि पनि १५० करोड भारु लिएको बताइएको छ।

पूरा भारतमा फ्यान फलोवर्स रहेको भन्दै निर्माताहरु प्रभासलाई महंगो शुल्क तिर्न हिच्किचाउँदैन्। बलिउड हंगामाका अनुसार कोरोनाकालपछि प्रभासलाई लिएर टिसिरिजका मालिक भुषण कुमारले अहिलेसम्मकै महँगो फिल्म बनाउन लागेका छन्।

उनले प्रभासलाई लिएर राधश्याम, आदिपुरुष र स्प्रिटका लागि अनुबन्ध गरेका छन्। बलिउडमा यसअघि सलमान खानले सुल्तान र टाइगर जिन्दा हैका लागि सय करोड भारु पारिश्रमिक लिएका थिए। पछिल्लो समय अक्षय कुमार पनि सय करोड भारु पारिश्रमिक लिन थालेको बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका