Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियअमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै, एमसीसीबारे छलफल गर्ने

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै, एमसीसीबारे छलफल गर्ने

काठमाडौं : एमसीसी सम्झौताबारे अन्योलता बढिरहेका बेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार नेपाल आउँदैछन्। तीन दिने नेपाल बसाइका क्रममा सहायक विदेशमन्त्री लुले अमेरिका–नेपाल सम्बन्ध, नेपालमा सञ्चालित अमेरिकी परियोजना, एमसीसी सम्झौताबारे प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग छलफल गर्दैछन्।

विदेश सहायक मन्त्री लुले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनले परराष्ट्रमन्त्री नारायण खड्का, अर्थमन्त्री जनार्दन शर्मा लगायतसँग समेत भेट्ने स्रोतले बताएको छ।

लुले दक्षिण तथा मध्य एसिया मामिला हेर्दै आएका छन्। संसदबाट एमसीसी सम्झौता पारित हुन नसकिरहेका बेला हुन लागेको अमेरिकी सहायक विदेशमन्त्रीको भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ। गत भदौ २४ गते एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेतृत्वमा आएको अमेरिकी टोलीले एमसीसी पारित गर्न भइरहको बिलम्बबारे चासो राखेको थियो। फातिमा नेतृत्वको टोलीलाई प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमति जुटाएर संसदबाट एमसीसी पारित गर्ने आश्वासन दिएका थिए।

जलवायु सम्मेलनमा भाग लिएर बेलायतबाट फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नेबारे माओवादी केन्द्रका अध्यक्ष दाहाल समेतले हस्ताक्षर गरेर एमसीसी मुख्यालयमा पत्र पठाएको खुलासा गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका