सार्वजनिक बस तोडफोड
काठमाडौं : सडक अवरुद्ध गराउँदै हिँडेका विप्लवका ८ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। नेत्रविक्रम चन्दको नेकपाका कार्यकर्ताले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवागमन रोक्ने र सार्वजनिक सवारी साधनमाथि तोडफोडको प्रयास गरेका थिए। सोक्रममा त्रिपुरेश्वर,बालाजु,बल्खुलगायतका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बन्द गराउँदै हिँडेका विप्लव कार्यकर्ताले एउटा सार्वजनिक बस तोडफोड गरेका छन्। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गराएको विरोधमा विप्लवले आज बन्दको आह्वान गरेका थिए।


