दैनिक समाचार अपडेटहरू
खुसीको खबर :
नेपाल सरकारले आर्थिक अवस्था कमजोर भएका पाँच लाख परिवारलाई जनही १० हजार नगद राहत दिने घोषणा गरेको छ ।
नेपालमा विद्युतीय सवारीसाधन छिट्टै सस्तो हुने : ऊर्जामन्त्री पम्फा भुसालले आज एक कार्यक्रममा बोल्दै सरकारले विद्युतीय सवारी साधनको आयात कर घटाउने योजना बनाएको र आगामी दिनमा पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत् खपत बढाउनेतर्फ केन्द्रित हुने बताए।
स्कटल्याण्डमा भएको कोप २६ सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच दुई देशका बारेमा फलदायी छलफल भएको थियो । निकट भविष्यमा मोदीको नेपाल भ्रमणको राम्रो सम्भावना छ ।
सपना साकार : नेपालले आजदेखि भारतलाई ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रको इतिहासमा यो एउटा ठूलो कोसेढुङ्गा हो
हिजो नेपालगञ्ज एयरपोर्टको रनवे मा बँदेल जहाज सँग ठोक्किएपछी पुलिस, आर्मी र एपीएफ मिलेर बाक्लो झाडी सफा गर्दै । झाडी हरु बाट बँदेल निस्केर रनवे मा आएको घटना पहिला पनि भएको छ ।
शेयर बजार अपडेट-आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः
- महालक्ष्मी विकास बैंकः १० प्रतिशत
- आइसिएफसी फाइनान्सः९.९९ प्रतिशत
- साहस ऊर्जाः९.९९ प्रतिशत
- अरुण कावेली पावरः७.५० प्रतिशत
- एनआरएन इन्फ्रास्ट्रक्चरः७.११ प्रतिशत
आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः
- छ्याङ्दी हाइड्रोपावरः -५.५९ प्रतिशत
- श्री इन्भेस्टमेन्ट फाइनान्सः-४.०७ प्रतिशत
- युनिलिभर नेपालः-३.८४ प्रतिशत
- ग्रिनलाइफ हाइड्रोपावरः -३.७० प्रतिशत
- सानिमालार्ज क्याप फन्डः -२.१३ प्रतिशत


