Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियअष्ट्रेलियाका प्रधानमन्त्रीले झुटो बोलेको फ्रान्सका राष्ट्रपतिको आरोप

अष्ट्रेलियाका प्रधानमन्त्रीले झुटो बोलेको फ्रान्सका राष्ट्रपतिको आरोप

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनडुब्बी सम्झौताको विषयमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूसँग झुटो बोलेको आरोप लगाएका छन् ।​ इम्यानुएल म्याक्रोंलाई के स्कट मोरिसनले तपाईंसँग झुटो बोलिरहेको छ भन्ने लाग्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मलाई यो लाग्दैन मात्रै मलाई यो राम्रोसँग थाहा छ ।’

हालै अर्बौं डलरको पनडुब्बी निर्माणको एक सम्झौताका कारण अष्ट्रेलिया र फ्रान्सबीचको सम्बन्धमा तनाव निम्तिएको छ । अष्ट्रेलियाले फ्रान्ससँग १२ पनडुब्बी बनाउनका लागि एउटा सम्झौता रद्द गरेर अमेरिका र बेलायतसँग एउटा नयाँ रक्षा सम्झौता गरेको थियो । यो सम्झौतालाई अकस भनिँदैछ । यसमा अष्ट्रेलियाको परमाणु ऊर्जाबाट पनडुब्बी बनाउने प्रविधि दिइनेछ ।

यो निर्णयमा फ्रान्सले असन्तुष्टि जनाउँदै यसलाई ‘पिठेयूँमा चक्कू घोपेको’ जस्तो भनेका थिए ।  फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका