Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियमहिलाले पिसाब गरिरहेको भिडियो बनाएर पोर्न वेबसाइटमा राखियो, अदालतले मुद्दा खारेज गरेपछि...

महिलाले पिसाब गरिरहेको भिडियो बनाएर पोर्न वेबसाइटमा राखियो, अदालतले मुद्दा खारेज गरेपछि विवाद

स्पेनको एक स्थानीय अदालतको निर्णयको विषयमा महिला अधिकारको समूहमा भारी असन्तोष छ । अदालतले सार्वजनिक स्थानमा पिसाब गरिरहेका महिलाको भिडियो बनाएर पोर्न वेबसाइटमा हालेको मुद्दालाई खारेज गरिदिएको छ ।

सार्वजनिक शौचालयको कमीका कारण थुप्रै पटक महिलाले गल्लीमा लुकेर पिसाब गर्नु परिरहेको छ । करिब ८० महिला र युवतीको यस्तो भिडियो बनाइएको थियो । स्पेनको उत्तर–पश्चिमी शहर सर्वेमा एक स्थानीय पर्वका बेला गोप्य क्यामरा राखिएको थियो ।

थुप्रै भिडियोमा महिलाको यौनाङ्ग र अनुहारलाई निकै नजिकबाट देखाइएको थियो । यसलाई पोर्न साइटमा अपलोड गरेर केही भिडियो हेर्नका लागि पैसा पनि मागिएका छन् । यी महिलालाई यसबारे थाहा भएपछि तीमध्ये धेरै महिलाले सन् २०२० मा यसविरुद्ध कानूनी कारवाही गरेका थिए ।

 उनीहरुले गोपनीयताको अधिकारको उल्लंघन अन्तर्गत यसको अनुसन्धान गरिनुपर्ने भन्ने माग राखेका थिए । यद्यपि, यी भिडियो कसले बनाएका थिए यसबारे कुनै जानकारी छैन ।

निर्णयले निराशः

एक स्थानीय न्यायाधीश पाब्लो मुन्योज वाकिजले यो मुद्दा खारेज गरिदिएका छन् । त्यसपछि महिला अधिकार समूहले निर्णयविरुद्ध आवाज उठाएका छन् । वुमन फर इक्वेलिटी बुरेला (बुमेई) असोसिएसनको नेतृत्वमा यसका लागि अपिल गरियो ।

उक्त भिडियो सार्वजनिक स्थानमा रेकर्ड गरिएका कारण यसलाई आपराधिक मान्न नसकिने बताइयो ।

यसबाट प्रभावित जेनिफरले आफूलाई उक्त भिडियोबारे थाहा हुँदा उनी निकै आत्तिएको बताइन् ।

उनले यसबाट निस्कनका लागि थेरापीको सहारा लिनुपरेको र अब यो निर्णयले उनको समस्या थप बढाइदिएको बताएकी छिन् ।

जेनिफर भन्छिन्, ‘यसले मलाई निकै निराश बनाएको छ । यदि कसैले सडकमा तपाईंको रेकर्डिङ गर्छ र त्यसलाई पोर्न साइटमा हालेर पैसा कमाउँछ भने, उनीहरुले यस्तो गर्नु ठिक हो भनिरहेका छन् ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका