Thursday, October 29, 2026
Homeमनोरन्जनपिताको मृत्युपछि सुनिल सेट्टीको यसरी फेरियो जीवन

पिताको मृत्युपछि सुनिल सेट्टीको यसरी फेरियो जीवन

बलिउडका दिग्गज तथा चर्चित अभिनेता सुनिल सेट्टीले हलिउडकी चर्चित अभिनेत्री मिसाएला कोएलको भाषणको प्रशंसा गरेका छन् । मिसाएला कोएलले आफ्नो सो ‘आई मे डेस्ट्रोय यु’ का लागि हालै एमी पुरस्कार जितेकी छिन् । पुरस्कार लिँदै गर्दा उनले यस्तो भाषण गरिन्; जसले संसारभरि उनको चर्चा भइरहेको छ । साथै मिसाएला कोएलको सबैले तारिफ पनि गरिरहेका छन् ।

मिसाएला कोएलाको भाषणको सुनिल सेट्टीले तारिफ गरेका छन् । साथै आफ्नो जीवनको एक खराब अनुभव पनि साझा गरेका छन् । सुनिल सेट्टी सोसल मिडियामा असाध्यै सक्रिय हुन्छन् । उनी आफ्ना प्रशंसकका लागि विशेष तस्बिर र भिडियो पनि प्रदर्शन गरिरहन्छिन् । सुनिल सेट्टीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा मिसाएला कोएलको एक तस्बिर प्रदर्शन गरेका छन् । यो तस्बिरमा उनको भाषणको एउटा अंश पनि लेखिएको छ ।

मिसाएला कोएलको यो तस्बिर प्रदर्शन गर्र्दै सुनिल सेट्टीले पिताको मृत्युपछि उनको स्वभावमा अत्यधिक परिवर्तन आएको खुलासा गरे । सुनिलले आफ्नो पोस्टमा लेखे, ‘म पनि सधैँ यी विचारसँग सहमत थिएँ तर सन् २०१७ मा जब मैले आफ्ना पिता गुमाएँ तब म आफूले आफैँलाई खोज्नका लागि गायब भएँ । त्यतिबेला मैले शान्ति पाएँ, गोपनीयतामा निकै ठूलो शक्ति हुन्छ । मलाई खुसी के लाग्छ भने मिसाएला कोएलले यति राम्रो कुरालाई आकर्षक ढङ्गले प्रस्तुत गरिदिएकी छिन् ।’

सामाजिक सञ्जालमा सुनिल सेट्टीको यो पोस्ट चर्चाको विषय बनेको छ । अभिनेताका प्रशंसक र सामाजिक सञ्जाल प्रयोगकर्ताले यसमा आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

सुनिल सेट्टी छिट्टै नै अमिताभ बच्चनको टीभी सो केबीसी १३ मा आउँदैछन् । यो कार्यक्रममा उनी अभिनेता ज्याकी श्रोफसँग देखिनेछन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका