Saturday, June 6, 2026
Homeमुख्य समाचारएकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै : के-के छन् एजेण्डा ?

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै : के-के छन् एजेण्डा ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक मंगलबार बस्दैछ। नेकपा एमालेबाट छुट्टिएर निर्वाचन आयोगले नयाँ दलको मान्यता दिएपछि पहिलो पटक एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

बैठक क्वालिटी बैंक्वेट बुद्धनगर काठमाडौंमा दिउँसो दुई बजे बस्ने जनाइएको छ।

केन्द्रीय सदस्य देवशंकर पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारमा सहभागिताको विषय, नेताहरुको कार्य विभाजन, सदस्यता वितरण लगायतको विषयमा छलफल हुनेछ। पौडेलले भने, ‘बैठकमा अहिलेसम्मको कुन-कुन जिल्लामा कमिटी बन्यो ? कुन-कुन जिल्लामा भेला हुन बाँकी छ ? त्यसमा पनि समीक्षा हुन्छ। पार्टीका आगामी कार्यभार कस्तो हुने र कसरी पार्टीलाई अगाडि बढाउने लगायतको रणनीति तय गरिन्छ।’

बैठकले जिल्ला इन्चार्ज, अध्यक्ष, प्रदेश अध्यक्ष, सचिव तोक्नेछ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बानेश्वरमा रहेको केन्द्रीय कार्यालय उद्घाटन गरेका थिए। पार्टीले पूजा थापा बस्नेतको घर भाडामा लिएर कार्यालय स्थापना गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका